सौताको हत्या आरोपमा महिला पक्राउ

बैतडीमा हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–२ मल्लागाउँकी ५५ वर्षीया नारू महरा रहेकी छन् ।  

महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारूलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकी नारूले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । यही १८ माघमा चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् । 

उनको घाँटी र मुखमा चोट लागेको थियो । नारूले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।    





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १०:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया