आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका हल्का हिमपातको सम्भावना रहेको हो ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार राति प्रदेश-१ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली र तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबारदेखि मौसम सामान्यतया सफा रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।