संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना सहसचिवको सरुवा गरेको छ ।
सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना सहसचिवको सरुवा गरेका हुन् ।
जसअनुसार सेवन्तराज दाहाललाई निर्वाचन आयोगबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । सहसचिव खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
कृष्णप्रसाद काप्रीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, लीलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।