बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु
सांकेतिक तस्बीर

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

जिल्लाको पाटन नगरपालिका-३ गुरुडादेखि धुरातर्फ गइरहेको टिपर झालीमाली भीरबाट टिपर खस्दा ३ जनाकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका प्रहरीले जनाएकाे छ ।

सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

दुर्घटनामा अरू ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

टिप्पर सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । 



घटनाकाे विस्तृत विवरण आउन बाँकी नै छ ।



  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १७:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया