बैतडीमा टिपर दुर्घटना : शोकमा डुब्यो पाटन, विद्यालयमा एक दिन बिदा

बैतडीमा टिपर दुर्घटनामा परी चारजनाको मृत्यु भएपछि जिल्लाको पाटन नगरपालिका शोकमा डुबेको छ । सोमबार टिपर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र ४५ वर्षीय जनकराज पन्त छन् । राजेन्द्रको उपचारको क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, १२ अमित विष्ट ,१२ सुदीप पन्त र महेशप्रसाद पन्त छन् । उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकोले धनगढी रेफर गरिएको छ । अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नम्बरको टिप्पर अपरान्ह ४ बजेतिर भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त टिपर सडकबाट ३ सय मिटर तल खसेको थियो । 

टिपर दुर्घटनामा विद्यार्थीसहित चारजनाको मृत्यु भएपछि पाटन नगरपालिकाभित्रका सबै शैक्षिक संस्थाहरूमा आज शोक बिदा दिइएको छ । शोक बिदाका रूपमा नगर क्षेत्रभित्रका सबै विद्यालयमा बिदा दिइएको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १०:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया