logo-img

युक्रेनमाथिको हमला रोक्न माग गर्दै रुसी राजदूतावासअगाडि मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन (फोटोफिचर)

रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । बुधवार मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न माग गर्दै नेपालस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गरेको हो । 

सहभागीले मानव अधिकारकर्मीले युक्रेनमाथि अतिक्रमण बन्द गर्, तत्काल सैनिक फिर्ता गर्, शान्ति प्रवद्र्धनमा जोड दिऔँ, युद्ध रोकौँलगायत नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनपछि उनीहरुले मानव अधिकार तथा शान्ति समाजको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र राजदूतावासका अधिकारीलाई बुझाएका छन् । 

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी विरोध भइरहेको छ । अमेरिका, बेलायतलगायत पश्चिमा देशले रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता बोलाएका छन् । 

विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकासहितका पश्चिमा देशहरुले रुसको भूमिकाप्रति आपत्ति जनाउँदै आएका छन् । 





 

 

  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया