logo-img

३५ वर्षीया महिला बलात्कार गर्ने ठेकेदार पक्राउ

तनहुँमा ३५ वर्षीया महिला बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा संखुवासभा चैनपुर नगरपालिका-२ महिम बस्ने ४० वर्षीय शिव न्यौपाने रहेका छन् । 

पीडित महिला भानु नगरपालिका-२ बाह्रबिसेस्थित डुम्रे-बेशीसहर सडकखण्ड निर्माणको लागि बनाइएको लेवर क्याम्पमा बस्दै आएकी थिइन् । 

ती महिलालाई सोही लेवर क्याम्पका ठेकेदार न्यौपानेले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया