नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूको द्वैध चरित्रका कारण सडकमा एमसिसीविरुद्ध युवा उत्रिएको आरोप लगाएका छन् ।
उनले बालुवाटार र बानेश्वरमा फरक फरक कुरा गर्न नेताहरूका कारण एमसिसी विरुद्ध सडकमा प्रदर्शन भइरहेको बताएका हुन् । उनले सडकमा प्रदर्शनमा उत्रिएका युवाको कुनै दोष नभएको पनि बताए ।
महामन्त्री शर्माले आवेग र अग्रताभन्दा जिम्मेवार राष्ट्रवादले मुलुकको विकास र समृद्धि सम्भव रहेको बताए । उनले अब क्षणिक लोकप्रियता कि दीर्घकालीन लोकहित रोज्ने के रोज्ने भन्ने टुंगोमा पुग्नुपर्ने बताए ।
अब कुनै पनि देशको अनुदान,ऋण र लगानी लिन्नौं भनेर घोषणा गरे त्यो उग्र रास्ट्रवाद `लोकप्रिय´ लाग्न सक्छ l तर रास्ट्र जिम्मेवार रास्ट्रवाद´ले बन्छ l अत Mcc सन्दर्भका प्रश्नलाई चिर्दै जनतालाई विश्वासमा लिएर अघि बढ्नु दलहरूको कर्तव्य हो !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 24, 2022
कमरेडहरु ! समयले संयम र परिपक्वता खोजेको छ!
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।