logo-img

एमाले उपाध्यक्ष पाण्डेको दाबी : एमसिसीका कारण गठबन्धन भत्किएर नयाँ सरकार बन्छ

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अमेरिकी सहायता परियोजना एमसिसीका कारण सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् । साथै, उनले सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणमा सरकार बन्ने पनि बताए ।

प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दै एमसिसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको जालमा राखेको छ,’ उनले भने, ‘यसलाई तत्काल नभत्काए देश झनै अन्धकारमा जाने देखिन्छ ।’

उनले एमसिसी फिर्ता भए अन्तर्राष्ट्रिय सहयोग रोकिने र देशमा चरम आर्थिक संकट आउने बताए । पाण्डेले नेपालको अर्थतन्त्र धरासायी बनेको भन्दै उनले एमसिसी फिर्ता भए देशमा ठूलो आर्थिक संकट आउनसक्ने बताए ।

‘रेमिट्यान्स ओरालो लागेको छ, बैंकले ऋण बढाए पनि अर्थतन्त्र झनै खुम्चिएको छ, यस्तो अवस्थामा वैदेशिक सहायता लग्दैनौँ भन्नु मूर्खता हुनेछ, एमसिसी नेपालले स्वीकार्नुको विकल्प छैन,’ पाण्डेले भने ।  







  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया