कांग्रेस अधिवेशन : कैलालीको सभापतिका लागि कमल शाह निर्णायक

नेपाली कांग्रेस कैलालीको निर्वाचनमा सर्वत्र चासो छ । कांग्रेसको संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवाको समर्थन रहेका उम्मेदवार नारायणदत्त भट्टलाई जिताउन पार्टीको ठूलो शक्ति लागि पर्यो । 

कैलाली कांग्रेसको ठूलो शक्ति भट्टलाई जिताउन खुलेआम लागेको हो । कांग्रेस केन्द्रीय सदस्य एनपी साउँददेखि आरजु राणा देउवाका स्वकीय सचिव प्रकाश देउवालगायत कैलालीका ६ वटै केन्द्रीय सदस्यहरु जोडतोडका साथ भट्टलाई जिताउन लागि परेका हुन् । 

कैलालीबाट प्रतिनिधित्व गर्ने काँग्रेसका ६ केन्द्रीय सदस्यहरू अहिले भट्टको पक्षमा खुलेका हुन् । भट्टको पक्षमा खुलेका केन्द्रीय सदस्यहरू रणबहादुर रावल, रामजनम चौधरी, नृपबहादुर वड, सुशीला मिश्र भट्ट, ईश्वरी न्यौपाने र जीवन राना हुन् ।  

यति हुँदाहुँदै पनि सोमबार भएको निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाशबहादुर वम भन्दा नारायण भट्ट ९७ मतले पछाडी परे । 

कैलाली कांग्रेसमा प्यानलसहित तीन जना नेताहरुले सभापतिमा उम्मेदवारी दिएकोमा सोमबार भएको निर्वाचनमा प्रकाशबहादुर बम ११६९ सहित पहिलो, नारायण भट्ट १०७२ मतसहित दोस्रो र रामबहादुर कलेल १९७ मतसहित तेस्रो भए । यी उम्मेदवारमध्ये बम र भट्ट अहिलेको संस्थापन खेमाकै हुन् भने कलेल नेता डा. शेखर कोइराला पक्षका हुन् । 

सभापतिका उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नपाएमा फेरि निर्वाचन गर्नुपर्ने कांग्रेस विधानको प्रावधान अनुसार दोस्रो चरणमा फागुन १९ गते पुनः निर्वाचन हुँदैछ । 



निर्वाचनमा क्रमशः सबैभन्दा बढी मत पाउने बम र भट्टबीच प्रतिस्पर्धा हुँदैछ । अव दोस्रो चरणको निर्वाचनका लागि कांग्रेस वम र भट्टको टिम जोडतोडका साथ लागि परेका छन् । 

भट्टको टिम जसरी भए पनि जित्नुपर्ने दाउमा छ । त्यसका लागि कोइराला पक्षसँग विभिन्न आश्वासन दिनु सुरु भएको कांग्रेस निकट नेताहरु बताउने गरेका छन् । 



यद्यपि कोइराला पक्षले कसलाई समर्थन गर्ने भन्ने आधिकारीक धारणा बनाउन सकेको छैन । कोइराला पक्षका नेताका अनुसार छलफल भइरहेको छ । 

सोमबार भएको निर्वाचनमा पहिलो भएका प्रकाश बमलाई जित्न आवश्यक मत ७५ हो । वमलाई कैलालीको क्षेत्र नम्बर २ का नेता कमल शाहले मात्र समर्थन गर्ने वित्तिकै पनि जित उनकै पोल्टामा छ । 

सोमबार भएको पहिलो निर्वाचनमा काेइराला पक्षको उम्मेदवार रामबहादुर कललेको क्षेत्र नम्बर २ बाट ९५ मत आएको हो । त्यो मत होल्ड गर्ने तागत नेता कमल शाह संगै रहेको एक नेताले बताए । 

‘पहिलो चरणको निर्वाचनमा कोइराला पक्षको जित त्यति सहज नभएको हुँदा क्षेत्र नम्बर २ मा टाइट गरिएको थिएन’, ती नेताले भने ‘क्षेत्र नम्बर २ का ४७२ मतदाताहरू मध्ये शाहले १६० मत सम्म होल्ड गर्न सक्छन् ।’ 

महाधिवेशन प्रतिनिधिमा त्यो क्षेत्रका सबैभन्दा बढी मत ल्याउने नेता पनि शाह नै हुन् । 

यस्तै, शाह महासमिति सदस्यमा पनि सर्वाधिक मत ल्याउने नेतामा पर्छन् । सभापतिका प्रत्यासी दुवै उम्मेदवार मध्य नेता शाहलाई जसले आफ्नो पक्षमा तान्ने सक्छन् उसकै जित सुनिश्चत भएको कांग्रेसका नेताहरु बताउँन्छन् ।

कैलाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २०७० सालको संविधानसभा निर्वाचनमा चुनाव (क्षेत्र नं. ६ हालको ५) जितेको र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति देउवाको उत्तराधिकारीको रूपमा उनकै पत्नी आरजु सोही क्षेत्रबाट चुनाव लडेर पराजित भएका कारण पनि कैलाली जिल्ला देशभरी नै चर्चामा छ । अझै कांग्रेसजनका लागि विशेष चर्चामा छ 

गत मंसिरमा निर्वाचन क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधिको मत गणना विवादका कारण ढिलो भएपछि कैलाली जिल्ला अधिवेशन हुन सकेको थिएन । उक्त बेला हुन नसकेपछि जिल्लाको नयाँ नेतृत्वको चयन प्रक्रिया अहिले भएको हो । 

कैलालीमा सभापतिमा १ जना, उपसभापति २ जना,  सचिव २ जना, सहसचिव २ जना, प्रत्येका गाउँपालिकाबाट १ महिला सहित गरि छ गाउँपालिकाबाट १२ जना सदस्य, उपमहानगरपालिकाबाट २ महिला सहित ५ सदस्य, खस आर्यबाट ४ महिला सहित ९ सदस्य, आदिवासी जनजातिबाट १ सदस्य, मधेशी मुस्लिमबाट १ सदस्य, दलितबाट ३ सदस्य, थारुबाट ५ महिला सहित १० सदस्य र अल्पसंख्यक अपाङ्गबाट १ सदस्यका लागि निर्वाचन भएको हो ।

  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १५:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया