कैलाली कांग्रेस अधिवेशन कलेलको समर्थन बमलाई

नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयन गर्न बिहीबार मतदान हुँदै छ । पहिलो चरणमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत पुग्न नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो । 

कांग्रेसभित्रको शेखर कोइरालानिकट उम्मेदवार रामबहादुर कलेलले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी दोस्रो चरणमा बमलाई समर्थन गर्ने जानकारी दिएका हुन् । उनले आफ्ना मतदातालाइ अब सभापतिका उम्मेदवार प्रकाश बमलाई मत दिन आग्रह समेत गरे ।

पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा थिए । सोमबार सकिएको मतगणना अनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए । तर, कसैको पनि ५१ प्रतिशत मत पुगाउन सकेनन् । 

अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा बम पहिलो भएको हुँदा कलेल पक्षको समर्थनसँगै जित्न सहज हुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा जम्मा दुई हजार ५८६ मतदाता रहेकोमा दुई हजार ५८६ मत खसेको थियो । खसेकोमध्ये ४८ मत बदर भएको थियो ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १७:४३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया