भारतीय महिला क्रिकेट टोलीकी कप्तान मिथाली राज ६ पटक विश्वकप क्रिकेट खेल्ने पहिलो महिला खेलाडी बनेकी छन् । न्युजिल्यान्डमा जारी आईसीसी महिला एकदिवसीय विश्वकपमा पाकिस्तानविरुद्ध खेल्दै मिथालीले यो कीर्तिमान कायम गरिन् ।
३९ वर्षीया मिथाली समग्रमा भने ६ वटा विश्वकप खेल्ने तेस्रो खेलाडी हुन् । यसअघि पुरुषतर्फ पाकिस्तानका जावेद मियादाद ६ विश्वकप खेल्ने पहिलो तथा भारतका तेन्दुलकर दोस्रो खेलाडी बनेका थिए ।
मिथालीले पाकिस्तानविरुद्ध आइतबार केवल ९ रन मात्र बनाउन सकिन् । उनी ४ विश्वकपमा कप्तानी गर्ने दोस्रो खेलाडी समेत बनेकी छन् । यसअघि अष्ट्रेलियाकी बेलिन्डा क्लार्कले चार विश्वकपमा कप्तानी गरेकी थिइन् ।
त्यस्तै, २० वर्षसम्म विश्वकप खेल्ने मिथाली पहिलो खेलाडी बनेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।