logo-img

१५ वर्षीया किशोरी बलात्कार आरोपमा शिक्षक पक्राउ

अर्घाखाँचीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा सोही विद्यालयका २७ वर्षीय शिक्षकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । 

ती शिक्षकले छात्रालाई गत १९ वैशाखमा घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अमर थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया