बैतडीमा विभिन्न पार्टीबाट १८१जना एमाले प्रवेश गरे

बैतडीमा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । एमालेले जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो सक्रियता बढाएपछि एमाले प्रवेश गर्नेको लहर चलेको हो ।

सोमबार मात्रै जिल्लाको डिलासैनी गाउँपालिकामा सम्पन्न पालिकास्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ८१ जना एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसका पूर्वजिल्ला कार्य समिति सदस्य उत्तमबहादुर चन्दलगायत नेपाली १ सय २ जना, नेकपा माओवादी केन्द्रबाट ४१ जना, नेकपा एकीकृत समाजवादीबाट १३ जना र राप्रपाबाट १७ जना एमाले प्रवेश गरेको नेकपा एमालेका नेता मनोज बोहराले जानकारी दिए । यसअघि जिल्लाको शिवनाथ गाउँपालिकामा पनि दुई सयभन्दा बढी एमाले प्रवेश गरेका थिए ।

एमालेका डिलासैनी गाउँ कमिटी अध्यक्ष रघुवीर सिंह बोहराको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं बैतडी जिल्ला सहइन्चार्ज लीलाधर भट्टको प्रमुख आतिथ्यमा कार्यकर्ता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका प्रमुख नेताहरुले आगामी स्थानीय तहको निर्वाचन, संगठन परिचालन, जनसंगठन परिचालनसम्बन्धी विषयमा कार्यकर्तालाई प्रशिक्षणसमेत दिएका थिए । 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १८:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया