सिगास गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा निर्माण भएको गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको प्रशासकीय भवनका साथै कर्मचारी आवास गृह, जनप्रतिनिधि आवासगृह, प्रहरीचौकी भवन पनि उद्घाटन गरिएको हो । यस्तै, ढुंगाड–गर्जे सडकको समेत आजै उद्घाटन गरिएको हो । 

भवन निर्माण, सडक निर्माणलगायत कामलाई गाउँपालिकाले मुख्य उपलब्धिको रुपमा लिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । सिगास गाउँपालिकाको केन्द्रमा कुनै भवन नहुँदा आफूहरुले भवनलाई प्राथमिकतामा राखेर भवन निर्माण गरेको उनले बताए । 

बैतडीको सिगास गाउँपालिकामा नविनिर्मित प्रशासनिक भवन, कर्मचारी आवासगृह, जनप्रतिनिधि आवासगृह, प्रहरी चौकीको भवन र ढुंगाड–गर्जे सडकखण्डको एकैसाथ उद्घाटन गरिएको छ । 

शनिबार सिगास गाउँपालिकाको केन्द्र गर्जेमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच भवनको उद्घाटन गरिएको हो ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १९:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया