logo-img

१८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा दुईजना पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका-७ मा एक डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । 

बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका हुन् । बलात्कार गरेपछि नाबालिकालाई झाडीमा फालेर उनीहरू फरार भएका थिए । 

२७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । 

उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उपचारमा क्रममा राति साढे १२ बजेतिर उनको मृत्यु भएको थियो । 

पक्राउ परेका दुवैजनाले ललाइफकाइ गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी दिए । 



घटनामा संलग्न दुवैजनालाई प्रहरीले १२ घन्टाभित्रै पक्राउ गर्न सफल भएको हो । उनीहरूले बलात्कारपछि नाबालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

झाडीमा फेला पार्दा उनी रगताम्य अवस्थामा थिइन् । यौनांग रक्ताम्य अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ । 



अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा जेल सजाय भोगेका थिए । उनी गत मंसिरमा मात्र कैद भुक्तान गरी छुटेका थिए । 

  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया