बैतडी कांग्रेसले १० वटै स्थानीय तहमा खटायो प्रतिनिधि

नेपाली कांग्रेस बैतडीले आजदेखि सुरु गरेको ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि बैतडीका १० वटै स्थानीय तहमा प्रतिनिधि खटाएको छ । एक महिनासम्म सञ्चालन हुने अभियानका लागि प्रत्येक पालिकामा प्रतिनिधि खटाएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । 

अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य यज्ञराज जोशी बैतडी आइपुगेको र प्रत्येक पालिकाका लागि जिल्ला कार्यसमिति प्रतिनिधि खटाएको सचिव चन्दले बताए ।
 
दशरथचन्द नगरपालिकामा पार्टीका प्रदेश कार्यसमितिका उपसभापति लोकराज अवस्थीलाई खटाइएको छ भने पाटन नगरपालिकामा जिल्ला सभापति चतुरबहादुर चन्दलाई खटाइएको छ । मेलौली नगरपालिकामा पूर्व पार्टी सभापति शिवराज भट्टलाई खटाइएको छ ।
 
यसैगरी, पुर्चौंडी नगरपालिकामा पार्टीका महाधिवेशन प्रतिनिधि केशवबहादुर चन्द, दोगडाकेदार गाउँपालिकामा महाधिवेशन प्रतिनिधि हरिमोहन भण्डारी, सुर्नया गाउँपालिकामा इन्जिनियर दीपेन्द्रबहादुर बम, शिवनाथ गाउँपालिकामा कृष्णसिंह नायक, पञ्चेश्वर गाउँपालिकामा शेरीराम पार्की र सिगास गाउँपालिकामा विष्णुदत्त जोशीलाई प्रतिनिधिको रुपमा खटाइएको कांग्रेस बैतडीले जनाएको छ । 

अभियानका दौरानमा नेपाली कांग्रेसको विधान, निती सिद्धान्तका बिषयमा नागरिकलाई जानकारी दिइने र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन नागरिक आग्रह गर्ने कार्यक्रम रहेको सचिव चन्दले बताए । 

अभियानको सुुरुवात आज एक कार्यक्रमकाबीच दिउँसो १ बजे गरिनेछ । डिलासैनी गाउँपालिकाबाट अभियानको सुुरुवात गरिने बताइएको छ । त्यसका लागि केन्द्रीय सदस्य यज्ञराज जोशीलगायत नेतारु डिलासैनी पुगेका नेपाली कांग्रेस बैतडीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार २१:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया