प्रिमियर लिगमा चेल्सीको कठिन जित

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । गएराति स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सी न्युकासल युनाइटेडमाथि १–० ले विजयी भएको हो ।  

खेलको ८९ औं मिनेटमा काइ हार्भट्जले गरेको १ मात्र गोल चेल्सीलाई जिताउन निर्णायक बन्यो । उनले जर्जिन्होको पासलाई पोस्टको दिशा दिएका थिए ।

जितसँगै चेल्सी २८ खेलमा ५९ अंकका साथ तेस्रो छ । पराजित न्युकासल पनि समान खेलबाट ३१ अंकका साथ १४ औं स्थानमा यथावत छ ।

लिगअन्तर्गतकै अन्य खेलमा उल्भ्सले एभर्टनमाथि १–० तथा लिड्स युनाइटेडले नर्विच सिटीमाथि २–१ को जित हात पारे । 






  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ६:५३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया