चुनावी गठबन्धनबारे चैत तेस्रो साता टुंगो लाग्छ : विश्वप्रकाश शर्मा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । 

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयको टुंगो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने उनले बताए । 

नेपाल प्रेस युनियनले सदरमुकाम खाँदबारीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निर्क्योल गरिने बताए । 

'स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ', उनले भने । स्थानीय तह निर्वाचनलाई लक्षित गरी  ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिएको उनको भनाइ थियो । 

कांग्रेसले पार्टी नयाँ ढङ्गको बनाउन र जनतासँग सम्बन्ध स्थापित गर्न अभियान सञ्चालन गरिहेको महामन्त्री शर्माले बताए । 

चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकर हुने उनले उल्लेख बताए । 



कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सफल भएको शर्माले बताए ।



  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार २०:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया