logo-img

बैतडीमा पाेखरीमा डुबेर एक महिलाकाे मृत्यु
प्रतिकात्मक तस्वीर

बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका- ४ कैनपानीकी अन्दाजी २३ वर्षीय भागरथी चन्द रहेकी छन् ।

शुक्रबार दिउँसाे सिँचाइ पोखरीमा डुबेर उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

उनी पोखरी नजिक किन गइन् भन्ने कुरा खुलेको छैन । 

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खड्काको टोली घटनास्थलतर्फ गएको छ ।





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया