बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

बालिका बलात्कार गरेको आरोपमा बैतडीमा दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ रहेका छन् ।

बैतडीकाे शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा उनीहरू पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  

घाँस काट्न गएका बेला बालिकामाथि बलात्कार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

आरोपित दुवैजना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुझिएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकाे छ । 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १५:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया