logo-img

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

आइतबार साँझ पाटनबाट सुर्नयातर्फ जाँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिँदा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी सुर्नया-३ का २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । 

गम्भीर घाइते भएकी चन्दलाई उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए । 

मिनी ट्रकमा सवार पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुर्नया गाउँपालिका-३ का ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट,  ३३ वर्षीया कलावती भट्ट, सुर्नया-३ कै २८ वर्षीया निर्मला चन्द र ३३ वर्षीया पार्वती विष्ट रहेका छन् ।

माधवी, वसन्ती र कलावतीलाई डडेल्धुरा लगिएको छ भने निर्मला र पार्वतीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा भइरहेको छ । 



लिपपोतको लागि रातो माटो लैजानको लागि उनीहरू पाटन आएको प्रहरीले जनाएको छ । मिनीट्रक चालक पाटन- ४ का वीरेन्द्र खत्री फरार छन् । 



  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया