logo-img

बहिनी बलात्कार आरोपमा एक किशोर पक्राउ

बझाङमा बहिनी बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार १२ वर्षीया सहोदर बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ परेका हुन् ।  

आफन्तको उजुरीपछि किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । प्रहरीले पीडित र आरोपित दुवैको नाम र ठेगाना गोप्य राखेको छ ।  

ती किशोरले गत ६ चैतको साँझ ५०० रुपैयाँ दिने आश्वासनमा बालिकालाई बलात्कार गरेका थिए । आमा खेतमा मल फाल्न गएको मौका छोपी किशोरले बालिकालाई गाई गोठमा मोबाइलमा फिल्म देखाएर ५०० रुपैयाँ दिने आश्वासनमा बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।  

आमा घर फर्केपछि बालिकाले घटनाबारे बताएको र सोही आधारमा आमाले ७ चैतमा जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो ।

स्वास्थ्य परीक्षणपछि बालिकालाई महिला सुरक्षित आवास गृहको जिम्मा लगाइएको डिएसपी विष्टले जानकारी दिए ।  





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया