बैतडीमा १२९ मतदानस्थल र २०५ मतदान केन्द्र तोकिए

आगामी स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १२९ मतदानस्थल र २०५ मतदान केन्द्र कायम भएका छन् । जसमध्ये दशरथचन्द नगरपालिकामा २२ मतदानस्थल र २९ वटा मतदान केन्द्र रहेका छन् । यस्तै, पाटन नगरपालिकामा १९ मतदानस्थल र २८ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ ।

त्यस्तै, पुर्चौंडी नगरपालिकामा १७ मतदानस्थल, २९ मतदान केन्द्र, मेलौली नगरपालिकामा १२ मतदानस्थल, २० मतदान केन्द्र, डिलाशैनी गाउँपालिकामा ९ मतदानस्थल र १७ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए ।

उनका अनुसार दोगडाकेदार गाउँपालिकामा १२ मतदानस्थल, २० मतदान केन्द्र, पञ्चेश्वर गाउँपालिकामा ९ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

शिवनाथ गाउँपालिकामा ७ मतदानस्थल, १३ मतदान केन्द्र, सिगास गाउँपालिकामा १४ मतदानस्थल र १९ मतदान केन्द्र कायम गरिएका निर्वाचन कार्यालयले जनाएको छ ।

सूर्नया गाउँपालिकामा आठ मतदानस्थल र १५ मतदान केन्द्र तोकिएको छ । 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १०:४४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया