पञ्चवर्षीय ऊर्जा योजना बनाउँदै बैतडीका स्थानीय तह

बैतडीका तीन स्थानीय तहमा पञ्चवर्षीय ऊर्जा योजना बनाउन सुरु भएको छ ।

सीड नेपाल र जीआईजेडको सयुक्त साझेदारीमा स्थानीय तहको योजनामा नवीकरणीय मूल प्रवाहीकरण कार्यक्रम अन्तर्गत पञ्चवर्षीय ऊर्जा योजना बनाउन लागिएको हो । सो योजना अन्तरगत बैतडी जिल्लाका ती वटा पालिका सुर्नया गाउँपालिका, पुर्चाैडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा उर्जा योजना बन्ने भएको छ ।

तीनवटै पालिकामा यसअघि नै ऊर्जाको अवस्थाबारे सर्वेक्षणसमेत गरिएको थियो । पालिकामा  विद्युत् पहुँचको अवस्था र विद्युतीय चुलोको प्रयोगको सर्वेक्षण गरिएको थियो भने सोलार प्रयोग हुँदै आएका घरधुरीसमेत सर्वेक्षण गरिएको सीड नेपालका कार्यक्रम संयोजक मेनु श्रेष्ठले जानकारी दिइन् ।

सन् २०३० सम्म सबै घरधुरीमा विद्युतीय चुलो पुर्‍याउने नेपाल सरकारको लक्ष्यमा कार्यक्रमले टेवा पुर्‍याउने विश्वास गरिएको छ । पाँचवर्षे योजनाबारे सेवाग्राही तथा पालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरिएको श्रेष्ठले बताइन् । 

विद्युत् प्राधिरकण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरिने उनले बताइन् । ऊर्जाको क्षेत्रमा बैतडीका तीनवटै पालिकामा २०८३ सम्म के कस्ता कार्यक्रमलाई अघि बढाउने र सोका लागि बजेट कसरी व्‍यवस्थापन गर्नेर योजना अघि बढाउने भन्नेबारे छलफल गरिएको हो ।





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १९:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया