logo-img

बैतडीका तीन स्थानीय तहमा पञ्चवर्षीय ऊर्जा योजना बनाउन सुरु

बैतडीका तीन स्थानिय तहमा पञ्चवर्षीय ऊर्जा योजना बनाउन सुरु भएको छ । सिड नेपाल र जिआइजेडको संयुक्त साझेदारीमा स्थानीय तहको योजनामा नवीकरणीय मूल प्रवाहीकरण कार्यक्रम अन्तरगत पञ्चवर्षीय उर्जा योजना बनाउन लागिएको हो । 

सो योजनाअन्तर्गत बैतडी जिल्लाका तीनवटा पालिका सुर्नया गाउँपालिका, पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा ऊर्जा योजना बन्ने भएको छ ।

तीनवटै पालिकामा यसअघि नै ऊर्जाको अवस्थाको बारेमा सर्वेक्षण समेत गरिएको थियो । पालिकामा विद्युत् पहुँचको अवस्था र विद्युतीय चुलोको प्रयोगको सर्वेक्षण गरिएको थियो भने, सोलार प्रयोग हुँदै आएका घरधुरीका समेते सर्वेक्षण गरिएको सिड नेपालका कार्यक्रम संयोजक मेनु श्रेष्ठले जानकारी दिइन् ।

सन् २०३० सम्म सबै घरधुरीमा विद्युतीय चुलो पुर्याउने नेपाल सरकारको लक्ष्यमा कार्यक्रमले टेवा पुर्याउने विश्वास गरिएको छ । पाँचवर्षे योजनाको बारेमा सेवाग्राही तथा पालिकाका जनप्रतिनिधिसँग छलफल समेत गरिएको श्रेष्ठले बताइन् । 

विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रबर्द्धन् केन्द्रसँग समन्वय गरिने उनले बताइन् । ऊर्जाको क्षेत्रमा बैतडीका तीनवटै पालिकामा २०८३ सम्म के–कस्ता कार्यक्रमलाई अघि बढाउने र सोको बजेटीकरणको लागि योजना अघि बढ्ने भन्नेबारेमा छलफल गरिएको हो ।





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया