पाटनका मेयरको गुनासो : एमालेका कारण पहिलो निर्णय नै कार्यान्वयन गर्न सकिनँ

बैतडीको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले आफूलाई पहिलो निर्णय नै कार्यान्वयन गर्न नदिएको बताएका छन् । कार्यभार सम्हालेको पहिलो दिन गरिब,असहाय, अशक्त र समस्यामा परेका नागरिकलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको भएपनि सो निर्णय कार्यान्वयन गर्न नदिएको उनले गुनासो गरेका हुन् । 

कार्यपालिकामा एमालेको बहुमत रहेको र कार्यपालिकाबाट निर्णय अनुमोदन गराउन खोज्दा सो निर्णय अनुमोदन नभएको मेयर चन्दले बताए । उनले जनताका लागि गरेको लोकप्रिय निर्णयलाई समेत कार्यान्वयन गर्न नदिँदा समस्या भएको बताए । ‘नगरपालिकाका हरेक निर्णय कार्यपालिकाबाट पारित हुनुपर्छ । मलाई आफैँले गरेको पहिलो निर्णय नै कार्यान्वयन दिइएन,’ उनले भने ।

नगरपालिकाले आफ्नै डोजर किनेर सडक निर्माण गर्ने आफूले प्रस्ताव गरेको भएपनि सो प्रस्ताव पनि कार्यपालिकाबाट पास हुन नदिएको मेयर चन्दको गुनासो छ ।आफ्नो पहिलो कार्यकालमा सोचेअनुसारको काम हुन नसकेको पनि स्वीकार गरे ।

‘संघीयताको पहिलो अभ्यासमा स्थानीय सरकारले सोचेअनुसार काम गर्न सकिएन । कार्यपालिकामा कांग्रेसको बहुमत नहुँदा मलाई काम गर्न निकै अप्ठ्यारो भयो । लोकप्रिय निर्णयहरूसमेत कार्यान्वयन गर्न दिइएन,’ उनले भने ।

मेयर चन्दले आफूले गरेका निर्णय कार्यान्वयन गर्न नदिने अवस्था सिर्जना भएपछि आफूलाई काम गर्ने जाँगरसमेत नचलेको उनले बताए । पाटनमा मेयर तथा उपमेयर नेपाली कांग्रेसले जितेको थियो । कार्यपालिकामा भने एमालेको बहुमत रहेको छ ।  





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १९:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया