logo-img

बजार सरसफाइमा जुम्लाका विद्यार्थी र युवा

जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा लागेका छन् ।

दिनप्रतिदिन बजारमा फाेहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा  सरसफाइमा लागेका हुन् । 

मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न एसिया इन्टरनेसनल बाेर्डिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ युवा क्लबका युवा जुटेका हुन् । 

सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने, प्राविधिक सहयोग खानेपानी तथा उर्जा विकास शाखाले गरेको छ ।

चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने महत र प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापा पनि सरसफाइमा साथ दिन सडकमा निस्किएका थिए ।

चन्दननाथ युवा क्लबका अध्यक्ष मनोज बुढाथोकी मगरले हरेक शनिबार सरसफाइ अभियान थालिएकाे बताए । 



खानेपानी तथा सिंचाइ कार्यालयले ८० वटा डस्टबिन उपलब्ध गराएकाे छ ।



  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया