logo-img

मोरङमा ४८ वर्षीया महिला बलात्कार गर्ने पक्राउ

मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर विक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

विकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगीहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया