दशरथचन्दको मेयरमा ‘लख्खाभाइ’ लाई उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा पुष्कर जोशी (लख्खाभाइ) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको नगर कमिटी बैठकले एमाले सुदूरपश्चिम कमिटी सदस्यसमेत रहेका जोशीलाई मेयर पदमा सर्वसम्मत चयन गरेको हो ।

२०७४ को स्थानीय निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका उनी कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मतले पराजित भएका थिए । उपमेयरको टुंगो भने लाग्न बाँकी रहेको एमाले दशरथचन्द नगर कमिटी सचिव मनोज बोहराले जानकारी दिए । उनका अनुसार दशरथचन्द नगरपालिकाका ५ वडामा उम्मेदवारको टुंगो लागिसकेको छ। वडा नं २ मा सूर्यबहादुर बोहरालाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय भएको छ ।

वडा कमिटीको बैठकले एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका बोहरालाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने  निर्णय गरेको  हो । उनी २०७४ सालको निर्वाचनमा  ६ मतले  पराजित भएका थिए । दशरथचन्द नगरपालिकाको वडा नं  १, २, ३, ६ र ७ मा सर्वसम्मत वडाध्यक्ष उम्मेदवारको टुंगो लागिसकेको जनाउँदै सचिव बोहराले अन्य वडामा पनि सर्बतसम्म नै उम्मेदवार छनोट हुने बताए  । 

बैतडीमा सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेल गर्ने भने पनि एक्लाएक्लै उम्मेदवारी घोषणा गर्न थालेका छन् । जिल्लाको सिगास गाउँपालिकामा माओवादी केन्द्रले रामसिंह साउँद (रोसन) लाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

गाउँपालिका कमिटीको सोमबार बसेको बैठकले साउँदलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १०:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया