बैतडीको दशरथचन्दका पाँच वडामा एमालेले उम्मेदवारको टुंगो लगायो

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार छनोटमा तीव्रता दिएको छ । बैतडीको दशरथचन्द नगरपालिकाका ११ वडामध्ये ५ वटा वडामा उम्मेदवारको टुंगो लगाइएको एमाले नगर कमिटी सचिव मनोज बोहराले बताए ।

दशरथचन्द नगरपालिका वडा नं १ मा विष्णुदत्त भट्टलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ भने वडा नं २ मा सूर्य बोहरालाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । यसैगरी, वडा नं ३ मा अजय पाण्डे, वडा नं ६ मा धनसिंह ठगुन्ना र वडा नं ७ मा हरिदत्त बडुलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको सचिव बोहराले बताए । 

उम्मेदवारको टुंगो लागेका सबै वडामा सर्वसम्मत उम्मेदवार छनोट गरिएको एमाले बैतडीले जनाएको छ । 

बाँकी वडाहरुमा दुई–तीन दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने बताइएको छ । मेयर पदका लागि दशरथचन्द नगरपालिकामा एमालेले पुष्करराज जोशी (लाख्खाभाइ)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

उपमेयर पदमा भने अझै उम्मेदवारको टुंगो लागेको छैन । उपमेयर पदका लागि पार्टीकी जिल्ला कमिटी उपसचिव सरस्वती नेपाली र राष्ट्रिय युवा संघकी सुदूरपश्चिम इन्चार्ज बिष्ना चन्द आकांक्षी देखिएका छन् ।





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १७:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया