logo-img

चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गरे कारबाही गरिने
फाइल तस्वीर

स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गरे कारबाही हुने भएको छ । निर्वाचनमा राजनीतिक दलले चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको हो । 

चुनावका लागि आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोग भएको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले सूचनामार्फत जानकारी गराएको हो ।  

आसन्न स्थानीय तहको निर्वाचनलाई शान्त रूपमा सम्पन्न गर्न, सरकारी सवारी साधनको प्रयोगमा रोक लगाउन कुनै पनि राजनीतिक दलको चुनाव, प्रचारप्रसार वा राजनीतिक दलका व्यक्तिहरूलाई आमसभा गर्न ओसारपसार जस्ता कार्यमा सरकारी गाडी प्रयोग भएको पाइएमा यथास्थितिमै सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले जारी गरेको  सूचनामा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : वैशाख ५, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया