आजभोलि सामाजिक सन्जालमा कतिबेला के हुन्छ भन्ने पत्तो नै हुँदैन । अहिले त्यस्तै एउटा भिडियो भाइरल भएको छ जहाँ एक वृद्ध महिलाले अंग्रेजी बोलेकी छिन् । भारतकी यी महिलाको भिडियो त्यहाँका प्रहरी अधिकारी अरुण बोथराले पहिलो पटक सेयर गरेका हुन् । भिडियोमा ती महिलाले निकै राम्रो अंग्रेजी बोलेकी छिन् ।
भिडियोमा ती महिलाले भारतीय नेता महात्मा गान्धीबारे बोलेकी छिन् ।
यो समाचार तयार पार्दासम्म यो भिडियोलाई १६ लाखभन्दा धेरैले हेरेका छन् भने १० हजारभन्दा धेरैले लाइक गरेका छन् । कतिपयले कमेन्ट गर्दै भनेका छन्, शशी थरुरले उनलाई अंक दिनुपर्छ ।
How many marks out of 10 for the old lady for this spoken English Test? pic.twitter.com/QmPSEd4o0L
— Arun Bothra (@arunbothra) March 1, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।