नारायणगढ–मुग्लिन सडकखण्डमा पहिलो गएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खसेको हो ।
मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका ट्राफिक प्रहरीको कार्यालयले जनाएको छ ।
पहिलो खस्ने क्रम नरोकिएकाले आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीले जनाए ।
उनका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव हुने देखिएको छ ।
पहिरोका कारण नारायणढतर्फबाट आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् । त्यस्तै नारायणगढतर्फ गइरहेका सवारीसाधन जुगेडीतर्फ नै रोकिएको छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।