काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले १० हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार बालेनले १० हजार २४१ मतका साथ अग्रता कायमै राखेका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ५४५३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ मत पाएकी छन् । उनी गठबन्धनकी उम्मेदवार हुन् ।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ । अहिलेसम्म गणना सुरु भएका सबै वडामा बालेनले अग्रता लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।