विमान दुर्घटनाः  पोष्टमार्टमका लागि टिचिङ लगियो १० जनाको शव (तस्बिरहरु)

मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ । 

सोमबार साँझ पोखराबाट शवहरु काठमाडौं ल्याइएको थियो । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । 

शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी छ ।  बाँकी शव भने भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा शव भने अझै फेला पर्न नसकेको तारा एयरले जनाएको छ । 

आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ट्विनअटर जहाज उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो। 

आइतबार दिनभर खोजी गरिए पनि फेला नपरेको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।





 

 

 

  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार २०:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया