२३ वर्ष कान्छी प्रेमिकासँग एलन मस्क

केही समय यता एलन मस्क सामाजिक सन्जाल ट्विटर किनेको विषयका कारण चर्चित छन् । त्यसो त विश्वकै धनी व्यक्तिहरुको सूचीमा रहेका मस्क बारम्बार मूलधारका मिडियामा पनि खबर बनिरहेका हुन्छन् । 

यहीबीच उनी आफ्नी नयाँ प्रेमिकासँग देखिएको समाचारले अहिले प्राथमिकता पाएको छ । 

मस्क उनकी नयाँ प्रेमिका अष्ट्रेलियाकी अभिनेत्री नताशा बेसेटसँग फ्रान्समा देखिएका हुन् । डेलीमेलमा छापिएको एक रिपोर्टअनुसार उनीहरु दुई जना केही दिन यता फ्रान्समा छन् ।

२७ वर्षकी नताशा र ५० वर्षका मस्कको यो पहिलो भेट नभएको पनि दाबी गरिएको छ । अभिनेत्री नताशा अहिले न्युयोर्कमा रहने गरेको र उनले फिल्ममा अभिनयका साथै निर्देशन पनि गर्ने गरेको मिडियाहरुले उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया