logo-img

इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलिसिमाको उपाधि

इटालीलाई पराजित गर्दै फाइनलिसिमा–२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । गएराति वेम्बली स्टेडियममा भएको खेलमा इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।  

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डि मारिया र पाउलो डिबालाले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । 



पहिलो हाफको थपगरिएको समयमा डि मारियाले टोलीको २–० को अग्रता दोब्बर बनाए । दोस्रो हाफको थप गरिएको  समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।

योसँगै अर्जेन्टिना ‘फाइनलिसिमा’ दोस्रोपटक विजेता बनेको छ । फाइनलसिमाको यो तेस्रो संस्करण हो । यसको पहिलो संस्करण फ्रान्स तथा दोस्रो संस्करण अर्जेन्टिनाले जितेका थिए ।

सन् १९८५ मा फ्रान्सले उरुग्वेलाई २–० तथा सन् १९९३ मा अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेका थिए । फाइनलिसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्छ । इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।  

यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूइएफए)  र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भइसकेको छ । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया