कैलालीको कैलारी गाउँपालिका कार्यसमितिको पहिलो बैठकले मालपोत करमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको छ । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकबाट मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्रबहादुर बमले जानकारी दिए ।
त्यस्तै, बैठकबाट नवजात शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नुन र तीन पिस साबुन दिने, गाउँपालिकाका कुनै पनि सुत्केरी महिलालाई कैलालीभित्र सुत्केरीको समयमा विरामी भएर बाहिर लैजानु परेमा नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि भएको बमले बताए ।
बैठकले हसुलियामा विद्युत् काउन्टर खोल्न पहल गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । बैठकले विषयगत समिति ६ वटा र ६ अन्य उपसमिति गठन गर्दै गाउँपालिकाको प्रवक्तामा वडा नम्बर ७ का अध्यक्ष बमलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।