logo-img

एम्बाप्पे विश्वकै सबैभन्दा मूल्यवान फुटबल खेलाडी

पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रेन्च युवा स्टार केलियन एम्बाप्पे विश्वको सर्वाधिक मूल्यवान (भ्यालुएबल) फुटबलर बनेका छन् ।

सिआइइएस फुटबल अब्जर्भेटिभको अध्ययनअनुसार सर्वाधिक मूल्यवान खेलाडीको सूचीको शीर्षस्थानमा रहेका एम्बाप्पेको बजार मूल्य १७५ मिलियन पाउण्ड छ ।

यस्तै, दोस्रो स्थानका स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन युवा स्टार भिसिनियस जुनियरको बजार मूल्य १५८ मिलियन पाउण्ड छ ।

यस्तै, गत सिजनसम्म जर्मन क्लब बोरुसिया डर्टमन्डका लागि खेलेका नर्वेका स्टार एर्लिङ ब्राउट हालान्ड १३० मिलियन पाउण्डसहित तेस्रो तथा बार्सिलोनाका स्पेनिस युवा खेलाडी पेड्री ११५.५ मिलियन पाउण्डसहित चौथो स्थानमा छन् । बोरुसिया डर्टमण्डका इंग्लिस स्टार जुडे बेलिङ्घम ११४.१ मिलियन पाउण्डसहित पाँचौं स्थानमा छन् । 



म्यानचेस्टर सिटीका फिल फोडेन, बार्सिलोनाका फ्रान्की डि जोङ, लिभरपुलका लुइस डियाज, म्यानचेस्टर सिटीका रुवेन डियास र बार्सिलोनाका फेरान टोरेस शीर्ष १० मा अटाएका छन् । उनीहरूको बजार मूल्य क्रमशः १०५.९, ९६.१, ९४, ९३.६ र ९३.५ मिलियन पाउण्ड छ । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया