logo-img

भारत र बंगलादेशमा चट्याङ र पहिरोमा कम्तीमा ५९ जनाको मृत्यु

भारत र बंगलादेशमा भीषण मनसुनी आँधीका कारण चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु भएको बताइएको छ । बाढीबाट लाखौं मानिसहरू अलपत्र परेका छन् । आपतकालीन उद्धारकर्ताहरू प्रभावित व्यक्तिसम्म पुग्न संघर्ष गरिरहेका छन् । 

आगामी दिनमा बाढीको प्रभाव अझै बढ्न सक्ने मौसमविद्ले चेतावनी दिएका छन् । बंगलादेशमा आएको बाढी सन् २००४ पछिकै सबैभन्दा खराब भएको बंगलादेशका अधिकारीहरूले जनाएका छन् । 

पछिल्ला साता आएको निरन्तरको वर्षाले छिमेकीे उत्तरपूर्वी क्षेत्रको ठूलो भूभाग डुबानमा परेको छ । विद्यालयलाई अस्थायी आश्रयस्थल बनाइएको छ भने पानीको बढ्दो बहाबका कारण बिच्छेद बनेका नजिकका समुदायलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

छिमेकी भारतको आसाम राज्यमा पाँच दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीमा परेकाहरूलाई ‘सबै आवश्यक सहयोग र राहत’ उपलब्ध गराउन निर्देशन दिएका छन् । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया