विराटनगर महानगरको बजेट ३ अर्ब ६२ करोड

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रूपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले शुक्रबार नगरसभाको दशौँ अधिवेशनबाट आगामी आर्थिक वर्षको चालु तथा पुँजीगततर्फको बजेट सार्वजनिक गरेकी हुन् । 

चालु आर्थिक वर्षको लागि ४ अर्ब ६३ करोड २ लाख ८१ हजार ५ सय रुपैयाँ बजेट ल्याएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ४ करोड ७१ लाख ४ हजार ५ सय रूपैयाँ कम बजेट ल्याएको हो ।

महानगरपालिकाको आगामी आवका लागि व्ययतर्फ कूल बजेटमध्ये प्रशासनिक क्षेत्र तर्फमा ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्रतर्फ २७ करोड ७३ लाख, सामाजिक विकास क्षेत्रतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ ३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरि आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनाको लागि ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजना लागि २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड, आरयूडिपी बाट निर्माण भएका लगायतका पिच सडकहरू समेत गरि मर्मतसम्भार लागि १४ करोड, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रको लागि २ करोड ५० लाख, समपूरक कोष ४ करोड ८० लाख विनियोजन गरिएको उपमेयर कार्कीले जानकारी दिइन् ।





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १९:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया