logo-img

खेलकुद महासंघले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने

नेपाल खेलकुद महासंघ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेकोस नेकपा एमालेनिकट खेलकुद संगठन हो । 

नेकोसले दुई दिवसीय क्रिकेटसँगै, महिला क्रिकेट प्रतियोगिता र अन्य चार कार्यक्रमको पनि आयोजना गर्ने भएको छ । महासंघले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० का लागि वार्षिक क्यालेन्डरमा उक्त प्रतियोगितबारे जानकारी दिइएको छ । 

पत्रकार सम्मेलन गर्दै नेकोसका अध्यक्ष विप्लव घोसले आगामी आर्थिक वर्ष भित्र पूरा गर्ने लक्ष्य सहित ६ कार्यक्रम सम्मेलित क्यालेन्डर सार्वजनिक गरेको बताएका छन् ।

घोसका अनुसार नेकोसले यस आर्थिक वर्षमा रातोबल र सेतो जर्सी सहितको नेकोस रेडबल क्रिकेट फेस्टिभल, दुई दिवसीय क्रिकेट प्रतियोगिता, अम्पायर तथा प्रशिक्षक सेमिनार, प्रदेश तहका खेलाडी सम्मेलित बन्द प्रशिक्षण, नेकोस महिला कप तथा खेलाडीहरुलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । नेकोसले नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गर्दै यी कार्यक्रमहरु सञ्चालन गर्ने भएको हो । 

नेकोस महिला कपमा ललितपुर मेयरकपमा पुगेका चार सेमिफाइनका चार टिम र नेकोसको एक टिम गरी पाँच टिम सहभागी हुनेछन् ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया