इलाममा बिरामी बोकेको ट्याक्सी दुर्घटना : तीन जनाको मृत्यु

इलाममा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–५ का ६५ वर्षीय हिमप्रसाद लावती, उनकी श्रीमती ५७ वर्षीया पदम कुमारी लिम्बू र माङ्सेबुङ–२ का ५० वर्षीय प्रकाश राई रहेका छन् । 

सोमबार बिहान १० बजेतिर पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाबाट बिरामी लिएर दमक हिँडेको मे १ ज ४८७ नम्बरको ट्याक्सी भिरबाट खस्दा उनीहरूको मृत्यु भएको हो । 

ट्याक्सी सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारमा लैजाने क्रममा बाटोमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ११:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया