फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्वडिफेन्डर थियागो सिल्भाले आफ्नो सहकर्मी नेयमार इंग्लिस क्लब चेल्सी आउने बताएका छन् । पाँच वर्षअघि विश्व कीर्तिमानी मूल्यमा पिएसजी पुगेका नेयमार र क्लबका अध्यक्ष नासेर अल खेलाफीबीच पछिल्लो समय राम्रो सम्बन्ध हुन सकेको छैन ।
नेयमार पिएसजीमै बस्न चाहँदा नासेर भने उनलाई महँगो पारिश्रमिक दिन तयार छैनन् । यसबाट पिएसजीले केलियन एमबाप्पे र लियोनल मेस्सीलाई बढी प्राथमिकता दिएको अनुमान लगाउन सकिन्छ । क्लबका अध्यक्ष नासेर र नेयमारबीच असन्तुष्टि रहेको अडियो बाहिरिएका कारणले पनि नेयमारले पिएसजी छाड्न सक्ने अनुमान लगाउन थालिएको हो ।
इंग्लिस क्लब चेल्सीले नेयमार अनुबन्ध गर्न चासो देखाएको छ । यदी उनी स्टामफोर्ड ब्रिजमा स्थानान्तरण भएमा ब्राजिलीयन खेलाडी नेयमार सिल्भा पुनः एकपटक एउटै क्लबको जर्सीमा देखिने छन् । उनीहरूले सन् २०२० मा पिएसजीबाटसँगै खेलेका थिए ।
चेल्सीले सन् २०२१ म च्याम्पियन्स लिगको उपाधि जित्दा सिल्भा टोलीका महत्वपूर्ण सदस्य थिए । त्योभन्दा अघिल्लो सिजन पिएसजी फाइनलमा पुग्दा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अब थियागो सिल्भाले नेयमारलाई चेल्सीमा ल्याउन सक्दो प्रयास गरिरहेका छन् । सिल्भाले नेयमारबारे आफ्नो इच्छा लुकाएनन् । ‘उनी (नेयमार) चेल्सी जानुपर्छ, यदि यो भयो भने सबैभन्दा राम्रो हुनेछ । नेयमारलाई कुनै टिप्पणीको आवश्यक छैन । अहिलेसम्म मलाई केही थाहा छैन । तर, मलाई विश्वास छ कि यो सफल हुनेछ,’ सिल्भाले भने ।
नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी पुगेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।