कैलालीको गोदावरी नगरपालिका, गेटामा निर्माण भएको प्रस्तावित गेटा मेडिकल कलेजको अवस्था अध्ययन तथा अनुगमनका लागि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति आइतबार कैलाली आइपुगेको छ ।
प्रतिनिधि सभा सदस्यहरू योगेश भट्टराई, अञ्जना विशङ्खे, चित्रलेखा यादव, नविना लामा, भैरवबहादुर सिंह, मानबहादुर विश्वकर्मा र डाक्टर दीपक प्रसाद भट्ट रहेको संसदीय टोलीमा कैलाली क्षेत्र नम्बर ५ का सांसद नारदमुनि राना आमन्त्रित सदस्य रहेका छन् ।
संसदीय समितिले प्रस्तावित गेडा मेडिकल कलेज सञ्चालनको अवस्थाबारे अध्ययन गरेको छ । संसदीय समितिले अध्ययन, अनुगमनपछि सरोकारवालाहरुसँग छलफल समेत गरिरहेको छ ।
दुई दशकदेखि चर्चामा रहेको र सात वर्षदेखि भवन लगायतका भौतिक संरचना निर्माण भइरहेको गेटा मेडिकल कलेजका हालसम्म सात सय शय्या क्षमताका दुई भवनसहित ठुला साना गरी ३५ भवन निर्माण भइसकेका छन् ।
गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिमार्फत भौतिक संरचना निर्माण भएका हुन् । भौतिक संरचना निर्माणमा साढे चार अर्ब रुपैयाँ बढी खर्च भइसके पनि सरकारले कुन मोडलमा सञ्चालन गर्ने, भन्नेबारे कुनै नीतिगत निर्णय नगरेका कारण अन्योल रहँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।