गगनलाई देउवाको आग्रह : महामन्त्रीज्यू,फोनचाहिँ उठाउने गर्नुस् न

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेपछि देउवाले उनलाई जवाफ दिएका छन् । 

महामन्त्री थापाले कांग्रेसमा एक्लै लडेर चुनाव जितिन्छ भन्ने आत्मविश्वास गुम्दै गएको भन्दै टिप्पणी गरेका थिए । उनले पार्टी सञ्चालन प्रक्रियामा आपत्ति जनाउँदै निर्वाचित महामन्त्रीको भूमिका सभापति र उपसभापतिले गरेका निर्णयमा ताली बजाउने मात्र नभएको बताएका थिए । 

महामन्त्री थापाले पार्टी र सरकारका कामबारे निर्वाचित महामन्त्रीले बाहिरबाट थाहा पाउनुपरेको भन्दै आक्रोश पोखेका थिए । त्यसको जवाफमा देउवाले ‘महामन्त्रीज्यू, फोनचाहिँ उठाउने गर्नुस् न’ भन्ने जवाफ थिए । 


 





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २०:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया