श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीको शिविरमा सेनाको छापा
फाइल तस्बिर

श्रीलंकामा सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालय बाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइ लागेका हुन्  ।

दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ । प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन् ।

पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको शपथ लिएका थिए । ६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन् । उनले प्रदर्शनकारी विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

विक्रमासिंघेले बिहीबार राष्ट्रपतिको शपथ लिएपछि विरोध प्रदर्शन मत्थर भएको छ । राष्ट्रपतिलाई देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका दिने प्रदर्शनकारीले बताएका छन् । 





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार ७:२१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया