logo-img

कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

देशभर नयाँ ५६८ जना कोरोना संक्रमित थपिएका छन् । एक दिनको अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टिजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया