संसदीय निर्वाचनअघि नै भ्रातृसंगठनलाई चुस्त–दुरूस्त रूपमा अगाडि बढाउन गगनको माग

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसअन्तर्गत रहेका सम्पूर्ण भ्रातृसंगठनलाई चुस्त–दुरूस्त रूपमा अगाडि बढाउन आग्रह गरेका छन् । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भातृसंगठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताएका हुन् । 

संसदमा चलिरहेको जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने बताउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत बताए । 

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा–८ का अध्यक्ष आशामान संगतले फोहोरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहोर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताए ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरक मत राख्ने नेता–कार्यकर्तालाई समेटेर अगाडि बढ्नुपर्ने बताए । 

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं–४ का सभापति श्याम संगत, कामनपा वडा नं–७ का वडाअध्यक्ष विमल हाडा तथा कामनपा–८ का वडासदस्य र क्रियाशील सदस्य सहभागी थिए । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार २२:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया